Section 7N
खास कारोबारमा विशेष ध्यान दिनु पर्ने
(१) सूचक संस्थाले देहायका कारोबारका सम्बन्धमा विशेष ध्यान दिनु पर्नेछः–
(क) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृत्तिको सबै कारोबार,
(ख) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना नगर्ने वा आंशिक रुपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको व्यक्ति, संस्था वा कानूनी प्रबन्धसगको व्यावसायिक सम्बन्ध वा कारोबार, वा
(ग) नियमनकारी निकायले तोकिदिएको अन्य कारोबार ।
(२) सूचक संस्थाले उपदफा (१) मा उल्लिखित कारोबारको पृष्ठभूमि तथा उद्देश्यको सम्बन्धमा सकेसम्म बढी परीक्षण गर्ने र सोबाट प्राप्त निष्कर्षको लिखित रुपमा अभिलेख राख्नु पर्नेछ ।
(३) सूचक संस्थाले उपदफा (२) बमोजिमको अभिलेख कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ र वित्तीय जानकारी इकाई, नियमनकारी निकाय वा अधिकारप्राप्त अधिकारीले माग गरेका बखत तत्काल उपलब्ध गराउनु पर्नेछ ।